‘लिपुलेक हाम्रो हो’ भन्दै नेविसंघले गर्यो स्याङ्जामा प्रदर्शन
भवानी अधिकारी/ स्याङ्जा :
नेपाली भूमि आफ्नो सीमाभित्र पारेर नयाँ नक्सा जारी गरेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघले अतिक्रमित भूभाग सच्चाउन माग गर्दै शुक्रबार बिहान विरोध प्रदर्शन गरेको छ।
सदरमुकामस्थित त्रिभुवन बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शनमा ‘भारतीय विस्तारबाद मुर्दावाद, ‘गो ब्याक इण्डिया’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर लगायतका नारा लगाउँदै विद्यार्थीले नगर परिक्रमा गरेका थिए ।’लिपुलेक हाम्रो हो, गो ब्याक इन्डिया लेखिएको प्ले कार्ड बोकेर विद्यार्थीले नारा लगाए।
परिक्रमापछि कोणसभामा बोल्दै नेविसंघका जिल्ला अध्यक्ष अजित क्षेत्री, त्रिभुवन आर्दश बहुमुखी क्याम्पका स्ववियु सभापति सुनिलबाबु चापागाई, त्रिभुवन बहुमुखी इकाई उपसभापति सविन रेग्मीलगायतले सरकारले तत्कालै कुटनीतिक पहलमार्फत भारतीय नक्सा सच्चाउनु पर्नेमा जोड दिए।
भारतीय विस्तारवाद र हेपाहा प्रवृद्धिको विरोध गर्दै नेपाली माटोको संरक्षणका लागि सबैले आ-आफ्ना क्षेत्रबाट सहयोग गर्न समेत उनीहरुले आग्रह गरे । भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र राखेको छ । केही दिनअघि भारतले ३ सय ७२ वर्ग किलोमिटर अतिक्रमित नेपाली भू-भागलाई औपचारिक रूपमा आफ्नो नक्साभित्र राखेपछि स्याङ्जामा पनि चर्को विरोध भएको हो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


