मन्त्री अर्यालको प्रश्न : गुठीको जग्गा कुन अवस्थामा छ ?
आँधीखोला खबर/काठमाण्डौं :
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले मातहतका सबै जग्गाको रेकर्ड तत्काल चुस्तदुरुस्त बनाउन गुठी संस्थानलाई निर्देशन दिनु भएको छ ।
मन्त्री अर्यालले जनताको भावनासँग प्रत्यक्ष रुपमा जोडिएको गुठीको जग्गाको विवरण सबैले देख्नेगरी तत्काल रेकर्ड राख्न गुठी संस्थानलाई निर्देशन दिनु भएको हो । गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाली जनताको सबैभन्दा ठूलो सम्पत्तिको रुपमा रहेको जग्गाको रेकर्ड समेत राख्न नसकेको भन्दै गुठी संस्थान नेतृत्वको चर्काे आलोचना पनि गर्नु भयो ।
मन्त्री अर्यालले गुठीको जग्गामाथि चलखेल हुने गरेकाले त्यसको सत्यतथ्य बाहिर ल्याउन पनि गुठी संस्थानको नेतृत्वलाई सचेत गराउनु भयो । ‘जग्गाको हिसाबले नेपालको सबैभन्दा धनी संस्थानको रुपमा रहेको गुठी संस्थानले आफ्नो मातहतमा रहेका सबै जग्गाको विवरण तुरुन्त चुस्तदुरुस्त बनाउनपर्छ,’ मन्त्री अर्यालले गुठी संस्थानलाई प्रश्न गर्नुभयो ‘गुठीका जग्गा कति अतिक्रमित भयो, कुन अवस्थामा छ बिबरण खै
मन्त्री अर्यालले ५५ वर्ष पूरा हुँदा पनि गुठी संस्थानले मातहतको जग्गा अतिक्रमित हुँदा पनि वास्ता नगरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । गुठी संस्थानसँग अतिक्रमित जग्गाको समेत यकीन रेकर्ड नभएकोमा मन्त्री अर्यालको आपत्ति छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


