पहिलो ‘नेपाल लोक स्टार’ मा फस्टरनरअप बने स्याङ्जाका चेतन गोतामे, बिजेता बने शनि बिश्वकर्मा ।
आँधीखोला खबर / स्याङ्जा :
लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को पहिलो बिजेता बनेका छन् रोल्पाका शनि विश्वकर्मा, उहाँले नगद ५० लाख सहित बिभिन्न पुरस्कार पाउनु भएको छ ।
त्यस्तै स्याङ्जाका चेतन गोतामे फस्ट रनरअप बन्नु भएको छ । उहाँले नगद २५ लाख र बिभिन्न पुरस्कार पाउनु भएको छ । सेकेन्ड रनरअप हुँदै बिनोद दनुवारले १० लाख नगद पाउनु भएको छ । चौथो अर्थात् सान्त्वना हुदै रामकुमार नेपालीले २ लाख सहित बिभिन्न पुरस्कार पाउनु भएको छ ।
शुक्रबार भृकुटीमण्डपमा भएको ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाज को रुपमा चेतन गोतामेलाई पाउने अपेक्षा गण्डकी प्रदेशबासीले गरेका थिए । तर भोटको आधारमा शनि बिश्वकर्मालाई बिजेता घोषणा गरिएको हो । यस अघि भोटमा धाँधली गरिएको भन्दै बिरोध समेत गरिएको थियो ।
नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेका थिए । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका हुन् ।
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


