एनआरएनए चुनाव : २३४४ मत खस्यो

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदान साँझ सकिएको छ । 

कुल २५७० मतदाता मध्य २३४४ मत खसेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ।
बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो। बुधबार राति ८ बजे विद्युतीय भोटिङ मेसिनबाट मतदान भएपनि मतदान गर्नसाथ मेसिन बिग्रदा मतपत्रको आधारमा मतदान गरिएको थियो।
राति नै मत गणना सुरु गरिने र शुक्रबार बिहानसम्म नतिजा आइसक्ने पनि सदस्य पाण्डेले जानकारी दिए।

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…

TOP