फुलबारी सहकारीले स्थापना दिबसका अवसरमा गर्यो बजार सफाई ।
आँधीखोला खबर/वालिङ :
वालिङमा रहेको फूलबारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ७ औँ स्थापना दिबसका अवसरमा बजार सरसफाई गरेको छ । सहकारीले वालिङ बजार सफाई गर्नुका साथै विजया दशमी, दिपावलीको अवसरमा शुभकामना आदानप्रदान समेत गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दिलिपकुमार बगाले, वडा नं १० का अध्यक्ष अनन्तराज गैह्रे, नगरकार्यपालिका सदस्य युगमाया पंगेनी, नगरपालिका सामाजिक साखा अधिकृत पदम पाण्डे लगायतले बोल्नुभएको थियो ।
संस्थाको अगुवाईमा वालिङ बजारका क्याम्पस चोक, प्रहरी चौकी, शिवपार्वती मन्दिर, भकुण्डे चोक, ठाडो लाईन, भुम्रे हुँदै हेल्थपोष्ट चोक लगायतका ठाँउमा सरसफाई गरेको हो ।
सरसफाई पछि आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रम संस्थाका अध्यक्ष शोभाकान्त पौडेलको सभापतित्व, सदस्य टिकाराम डुम्रेको स्वागत र सचिव नेत्रप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


