विप्लव कार्यकर्तालाई अदालतले छाड्यो, प्रहरीले फेरी समात्यो ।
भवानी अधिकारी/स्याङ्जा :
साधारण तारेखमा छाड्ने आदेश भएपछि अदालतको गेटबाट बाहिरिएका गोकुल पराजुली, गोविन्द ओली र सागर अर्याललाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) समुहको आरोपमा उनीहरु लगायत मिसिरी नेपालीलाई पनि उच्च अदालत पोखराले साधारण तारेमा छाड्ने आदेश दिएको थियो । विगत केही महिनादेखि उनीहरु स्याङ्जा कारागारमा बस्दै आएका थिए ।

फागुन १० गते राती वालिङ नगरपालिका १२ मा रहेको एनसिएलको टावरमा बम विस्पोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोपमा उनीहरु पक्राउ परेका हुन ।
सोही आरोपमा जिल्ला अदालतले एनसेल टावरमा बिष्फोट गराएको भन्दै जनही २ लाख २० हजार र नक्कली बमबाट अतंकीत र चन्दा असुलको शिर्षकमा २ लाख धरौटी माग गरेको थियो । जनही ४ लाख २० हजार रुपैंया बुझाउन नसक्ने जनाएपछि उनीहरु कारागार चलान भएका थिए । चारजनाबाट १६ लाख ८० हजार रुपैया सहित अदालतबाट अवैधरुपमा चन्दा असुल गरेको रकम फिर्ता, टावरको क्षतिपुर्ति सहितको माग थियो ।
अदालतको सो निर्णय उपर उनीहरु उच्च अदालत पुगे । उच्च अदालतको आदेश बमोजिम उनीहरुलाई शुक्रवार शुद्ध साधारण तारेमा छाड्ने निर्णय भए बमोजिम स्याङजा अदालत परिसरबाट निस्के पनि मुलगेटमा रहेका प्रहरीले पक्राउगरी कास्की लगेको बताईएको छ ।
कास्की पोखरा महानगरपालिका निवासी जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउ“पालिका गोविन्द ओलीलाई र भीरकोट नगरपालिकाका स्याङजा जिल्ला कमिटी सदस्य सागर अर्याल कास्की लगिएको छ भने वालिङ नगरपालिका छाप्राककी मिसिरा नेपाली (सार्की)लाई भने आफनै घर फर्केको बताइएको छ ।
प्रहरीले बिना पक्राउपूर्जी आफुहरुलाई समातेको भन्दै उनीहरुले पक्राउपूर्जी माग गर्दै आपत्ती जनाए । समातेर भ्यानमा राख्ने क्रममा सरकार बिरुद्ध नारा लगाएका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


