कम्युनिष्ट आफ्नै कारणले सकिएर जान्छन् – कांग्रेस केन्द्रिय सदस्य श्रेष्ठ ।
आँधीखोला खवर/चापाकोट :
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान् श्रेष्ठले कम्युनिष्ट आफ्नै कारणले सकिएर जाने बताउनु भएको छ । श्रेष्ठले भन्नुभयो, “विश्वबाट लोप हुदै गएको कम्युनिष्ट पार्टी नेपालमा अव धेरै समय टिक्दैन ।”

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति साविक क्षेत्र नं ३ स्याङ्जाको आयोजना तथा नगरकार्य समिति चापाकोटको व्यवस्थापनमा भएको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रममा बोल्दै नेता श्रेष्ठले त्यस्तो बताउनु भएको हो । पुर्व उपप्रधान मन्त्री समेत रहनु भएका श्रेष्ठले नेपाली कांग्रेसमा केही मत भिन्नता भए त्यसलाई मिलाएर एक ढिक्का हुनुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो, “कांग्रेस भित्रका तिक्तताहरु अव हटाउनु पर्दछ ।”

कार्यक्रममा कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना,संविधानसभा सदस्य मोहन प्रसाद पाण्डे,गण्डकी प्रदेश उपनेता मेखलाल श्रेष्ठ ,महिला संघ केन्द्रीय सदस्य सरस्वती तिवारी ,माया राना,वालिङ नगरप्रमुख दिलिप प्रताप खाण,भीरकोट नगर प्रमुख छायाराम खनाल,भीरकोट उप प्रमुख सिमा कर्मचार्य,महिला संघ क्षेत्रिय सभापति गायत्री आचार्य,चापाकोट नगर सभापति रामचन्द्र पंज्ञानी लगायतले आफ्ना भनाई राख्नु भएको थियो । क्षेत्रिय सभापति देव बहादुर खाँण ईश्वरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपसभापति हरिबावु पोख्रेल र सञ्चालन क्षेत्रिय सचिव महेश भट्टराईले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


