स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु

स्याङ्जा :

बिरुवा गाउँपालिका –३ राङखोला बिरुवा सडक खण्डमा स्कुटर दुर्घटना हुँदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ग २६ प १३५० नं.को स्कुटर चालक बिरुवा – २ का ३९ बर्षीय  रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मृतककी १६ वर्षीया छोरी गुञ्जन गुरुङ भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । सवारी साधन घटनास्थलमै रहेको र अनुसन्धान कार्य जारी रहेको अवस्थीले बताउनुभयो ।

Facebook Comments Box
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि

काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…

TOP