एडभान्स मेकअप तालिम सम्पन्न
वालिङ :
वालिङमा ५ दिने एडभान्स तालिम सम्पन्न भएको छ । व्युटिपार्लर एशोसियसन स्याङ्जाको आयोजनामा सञ्चालित तालिममा माईक्रो ब्लेडिङ, सेडिङ, वाटर पु्रफ मेकअप, रसियन हेयरस्टाईलका विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञानहरु सिकाईएको थियो । तालिममा सहभागि व्युटिसियनहरुलाई प्रमाणपत्र वितरण गर्दै व्युटिपार्लर एशोसियसन स्याङ्जाका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार दुर्गा थापाले समयको मागहरु व्युटिसियन क्षेत्रमा पनि नयाँ नयाँ टे«न्डहरु आएको भन्दै ग्राहकको मागलाई मध्यनजर गर्दै नयाँ टे«ण्डहरुलाई आत्मसाथ गर्दै लैजानुपर्ने बताउनुभयो । सौन्दर्यकला व्यवसायले सौन्दर्यताको अभिवृद्धिसंगै महिला दिदिबहिनीहरुलाई आर्थिक रुपमा सबल बनाएको भन्दै सौन्दर्यकमीहरुको हकहितका लागी आँफू सँधै तत्पर र प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा व्युटिपार्लर एशोसियसन स्याङ्जाका निवर्तमान अध्यक्ष पुष्पा अर्यालले व्युटिसियनहरुले समयक्रम अनुसार आफ्नो सेवालाई थप व्यवसायिक र समयअनुकुल बनाउनुपर्ने बताउनुभयो । ५ दिने एडभान्स तालिममा चन्द्रकला छन्त्याल लामा र सोनिया वालेम राईले सहजीकरण गर्नुभएको थियो भने तालिममा २० जनाको सहभागिता रहेको थियो । व्युटिपार्लर एशोसियसन स्याङ्जाका अध्यक्ष पमिला गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन सचिव नविना गुरुङले गर्नुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


