दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी आदर्श माविको पोल्टामा ।
वालिङ :
वालिङ नगरपालिकामा आयोजित अन्तर विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी आदर्श माध्यमिक विद्यालयले जितेको छ ।
वालिङ खेल मैदानमा सम्पन्न प्रतियोगितामा आदर्श माविले ११ स्वर्ण, ६ रजत र ४ कास्य गरी कुल २१ पदक हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको हो ।
यस्तै पूर्णामृत भवानी माध्यमिक विद्यालयले नौं स्वर्ण, चार रजत र दुई कास्य गरी १५ पदक सहित उपविजेता बन्न सफल भएको हो ।
यस्तै, तीन स्वर्ण, पाँच रजत पदक सहित लक्ष्मी माध्यमिक विद्यालयले तृतीय स्थान हात पारेको हो । यसैगरी माझकोट माविले दुई स्वर्ण दुई रजत र चार कास्य सहित आठ पदक जित्दै सान्त्वना भएको छ ।
विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने विद्यालयलाई गण्डकी प्रदेशका पूर्ब मन्त्री तथा सांसद सरस्वती तिवारी र नगरपालिकाका प्रमुख कृष्ण खांणले क्रमशः ३० हजार, २० हजार र १० र पाँच हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको हो ।
२८ स्वर्ण पदकको लागि २९ विद्यालयहरु बीच प्रतिश्पर्धा भएको गरिएको वालिङ नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेले जानकारी दिनुभयो । वालिङले दोस्रो पटक प्रतियोगिताको आयोजना गरेको हो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


