सडक खाना महोत्सवकाे तयारी : आँधीखोला करिडोरको सफाई
वालिङ :
प्रथम वालिङ सडक खाना महोत्सवको पुर्व सन्ध्यामा आँधीखोला करिडोरको सरसफाई गरिएको छ । वालिङमा यही मंसिर १७, १८ र १९ गते हुने प्रथम वालिङ सडक खाना महोत्सव पुर्व सन्ध्यामा सोमबार साँझ सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधि, पत्रकार, कर्मचारीलगायतको टोलीले आँधीखोला करिडोरको सरसफाई गरिएको हो ।
सरसफाई टोलीले करिडोरको दाँयाबायाँ झाडिको सफाई, कुहिने नकुहिने फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा ३ दिन सम्म हुने सडक खाना महोत्सव राष्ट्रिय तथा स्थानीय ख्यातीप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति समेत रहनेछ । ३ दिन सम्म वालिङ ८ मा रहेको पतञ्जली तथा वालिङ खेलमैदानको आसपासको भागदेखि आँधिखोला कोरिडोर हुँदै सुर्कौदी पुलसम्मको क्षेत्रमा स्टल राखि खाना महोत्सव गरिनेछ ।
महोत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति, नृत्य–गीत कार्यक्रम, बाल–बालिकाको प्रतिस्पर्धा, जातीय सांस्कृतिक झाँकी र पारम्परिक नृत्यजस्ता विविध कार्यक्रम समेटिने छ । पालिकाका अनुसार, परिकारसंगै प्रतिभाको प्रस्फुटन गराईने कार्यक्रमले वालिङको सांस्कृतिक पहिचान मद्दत पुग्नेछ ।
महोत्सव संयोजन नगर उपप्रमुख कविता तिवारी गैह्रेले खाना महोत्सव भएकाले विषेशगरी परिकारसंग महोत्सव केन्द्रित हुने बताउँदै यहाँका स्थानीय परिकार, विभिन्न जातिय संस्कारसंग जोडिएका परिकारका साथै स्थानीय उत्पादनहरुको विक्रि गर्ने थलोको रुपमा महोत्सवको तयारीलाई अगाडि बढाईएको बताउनुभयो । विभिन्न जातजातिको साझा फुलबारी वालिङ नगरपालिकाको छुट्टै पहिचान रहेको भन्दै जातिय मौलिक खानाहरुको संर्वद्धन गर्दै आफ्नो मौलिकता झल्कने जातिय समूहहरुलाई निशुल्क स्टल उपलब्ध गराईने उपप्रमुख तथा महोत्सव संयोजक गैह्रेले बताउनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


