नेकपा एमालेद्धारा संविधानको रक्षार्थ स्याङ्जामा ¥याली
स्याङ्जा :
नेकपा एमालेले संविधानको रक्षार्थ स्याङ्जामा ¥याली गरिएको छ । जिल्लाका ११ नगर तथा गाउँकमिटिले संविधानको रक्षार्थ मोटरसाईकल ¥याली गरेका हुन् । दक्षिपन्थी अवसरबाद र संगठनात्मक अराकतालाई पराजित गरी जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ भन्ने नाराका साथ जिल्लाका ११ वटै तहमा ¥याली गरिएको हो ।
यता वालिङमा आयोजित ¥याली भकुण्डेस्थित पार्टी कार्यालयबाट शुरु भई तल्लो वालिङ, भिआईपि टोल हुँदै वालिङ मोडमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा एमालेका जनसंगठन, कार्यकर्ता, युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा पुर्व सांसद नारायण मरासिनीले राष्ट्र र राष्ट्रियताको पक्षमा नेकपा एमाले सतिसाल झै उभिने पार्टी भएको भन्दै नागरिकको बलिदानीले बनाईएको संविधानलाई संकटावस्थामा ल्याईएको भन्दै संविधानको रक्षार्थ एमालेले स्याङ्जामा ¥याली गरेको बताउनुभयो । संविधानको पुर्नस्थापना गरिनुपर्ने बताउँदै मुलुकलाई शुसासनतर्फ अगाडि बढाउन एमाले सँधै अगाडि बढ्ने भन्दै जेनजिको सकरात्मक र देशको हितमा रहेका एजेण्डाप्रति एमाले साथमा रहेको मरासिनीले बताउनुभयो । जेनजिको मुखौटामा भारतीय, तिब्बतीयन र अमेरिकन शक्तिहरुले नेपाललाई ध्वस्त पार्ने प्रयास गरिएको उहाँको आरोप छ ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका अध्यक्ष मोहन रेग्मीले जेनजिहरुको पक्षमा रहेको शुन्य भ्रष्टाचारको पक्षमा काम गरिहँदा बाह्य शक्तिका कारण देशलाई ध्वस्त बनाउने प्रयास गरिएको बताउनुभयो । नेपाली कांगे्रस र एमालेको सरकारलाई हटाएर मुलुकलाई ध्वस्त बनाउने कार्य बाह्य शक्तिका कारण भएको भन्दै वर्तमान सरकार असंवैधानिक भएको बताउनुभयो ।
नेकपा एमाले सँधै जनताको पक्षमा युवाहरुलाई प्राथामिकताका साथ अगाडि बढिरहेका बेला पुराना पार्टीप्रति वितृष्णा फैलाउने कार्य भएको भन्दै यस्ता शक्तिहरुका विरुद्ध एमाले सँधै अडिक रहेको बताउनुभयो । एमाले चुनावबाट भाग्ने पक्षमा नरहेको भन्दै आन्दोलनको नाममा प्रहरीका कयौँ हतियार लुटिएका, समाजमा अराजक फैलाउने व्यक्तिहरु खुलेआम समाजमा हिडिरहेको भन्दै यस्तो असुरक्षित वातावरणका बीचमा चुनाव कसरी हुन सक्छ भन्दै प्रश्न गर्नुभयो । एमालेले मंगलबार देशका ७५३ वटै स्थानीय तहमा संविधानको रक्षार्थ ¥याली गरेको जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


