फेदिखोलाकाे सिद्धार्थमा अनेरास्ववियुमा गोदार सभापतिमा निर्वाचित ।
स्याङ्जा :
सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित हुनुभएको छ । फेदिखोला गाउँपालिका–२ मा रहेको क्याम्प्समा मङ्गलबार भएको निर्वाचनमा प्रतक्ष्यतर्फ गोदारसहित अनेरास्ववियुको सबै प्यानल नै निर्वाचित भएको हो ।
स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार शैलेश थापालाई चार मतको अन्तरले पराजित गर्दै अनेरास्ववियुका गोदार निर्वाचित हुनुभएको हो । गोदारले ३८ मत ल्याउँदा थापाले ३४ मत ल्याउनुभएको हो।
यस्तै, सचिवमा अनेरास्ववियुका श्रीसा शर्माले ३७ मत ल्याएर विजयी हुनुभएको हो । कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता विकले ३७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । सदस्यमा अनेरास्ववियुका संजय खत्री(४३) र स्मृति कुवर (४१) मत ल्याएर निर्वाचित हुनुभएको हो ।
समानुपातिक तर्फ अनुरास्वियुका मिरा गोदार र प्रविता रानाभाट तथा नेविसंघबाट सविना भण्डारी र समिक्षा पौडेल रहनुभएको छ । समितिको उप सभापति र सहसचिव समानुपातिकबाट मनोनित गरिने निर्वाचित सभापति गोदारले बताउनुभयो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


