फेदिखोलाकाे सिद्धार्थमा अनेरास्ववियुमा गोदार सभापतिमा निर्वाचित ।
स्याङ्जा :
सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित हुनुभएको छ । फेदिखोला गाउँपालिका–२ मा रहेको क्याम्प्समा मङ्गलबार भएको निर्वाचनमा प्रतक्ष्यतर्फ गोदारसहित अनेरास्ववियुको सबै प्यानल नै निर्वाचित भएको हो ।
स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार शैलेश थापालाई चार मतको अन्तरले पराजित गर्दै अनेरास्ववियुका गोदार निर्वाचित हुनुभएको हो । गोदारले ३८ मत ल्याउँदा थापाले ३४ मत ल्याउनुभएको हो।
यस्तै, सचिवमा अनेरास्ववियुका श्रीसा शर्माले ३७ मत ल्याएर विजयी हुनुभएको हो । कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता विकले ३७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । सदस्यमा अनेरास्ववियुका संजय खत्री(४३) र स्मृति कुवर (४१) मत ल्याएर निर्वाचित हुनुभएको हो ।
समानुपातिक तर्फ अनुरास्वियुका मिरा गोदार र प्रविता रानाभाट तथा नेविसंघबाट सविना भण्डारी र समिक्षा पौडेल रहनुभएको छ । समितिको उप सभापति र सहसचिव समानुपातिकबाट मनोनित गरिने निर्वाचित सभापति गोदारले बताउनुभयो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


