वालिङ नगरपालिकामा आज शोक बिदा ।
वालिङ,कात्तिक २१ गते ।
स्याङजाको वालिङ नगरपालिका आज (बुधबार) बन्द हुने भएको छ । वडा सदस्यको मृत्युको शोकमा नगरपालिकाले विदा दिएको हो ।
वडा नम्बर ११ का सदस्य ५९ वर्षीय ताराप्रसाद पराजुलीको निधन भएको हो । पराजुलीलाई फोक्सोसम्बन्धी समस्या रहेको वडा अध्यक्ष डण्डपानी पंगेनीले जानकारी दिनुभयो ।
वडा सदस्यको शोकमा वालिङ नगरपालिकाभित्र रहेका नगर कार्यपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत बन्द रहने वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार बिहान १० बजे नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा शोक शभा हुने छ । विद्यालयहरु भने खुला रहने बताईएको छ ।
वडा सदस्य पराजुलीको निधनले नगरपालिकालाई क्षती पुगेको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले बताउनु भयो । नेपाली कांग्रेसका स्थानीय नेता समेत रहनु भएका पराजुलीको निधन प्रति कांग्रेस नगर सभापति नेत्रप्रसाद पाण्डेले दुःख व्यक्त गर्नु भएको छ ।
स्थानीय तहको चुनाव २०७९ मा वडा सदस्य निर्वाचित हुनु भएका पराजुली २०७४ को चुनावमा पनि वडा सदस्य निर्वाचित हुनु भएको थियो ।
स्वर्गीय पराजुलीको मङ्गलबार नै कालीगण्डकी तट राम्दीमा अन्तिम संस्कार गरिएको छ । पराजुलीका श्रीमती,चार छोरी र दुई छोरा रहनु भएको छ ।

समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


