सामूदायिक महिला समूह प्रथम ।
वालिङ :
स्याङ्जाको गल्याङमा नगर स्तरीय तीजगीत प्रतियोगिता—२०८१ सम्पन्न भएको छ । प्रतियोगितामा सामुदायीक महिला समूह गल्याङ–४ ले प्रथम भएको छ । यसैगरी फेर्च नमखान महिला समूह गल्याङ–११ द्वितीय र आँधीखोला आमा समूह गल्याङ–३, तृतीय भएको छ । प्रथम, द्वितीय, तृतीय हुने समूहले क्रमश नगद रु.७ हजार,५ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
गल्याङ नगरपालिकामा पहिलो पटक सञ्चालनमा ल्याईएको रेडपिपर पार्टीको शुभारम्भका अवसरमा प्रतियोगिता गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय कलाकार अर्जुन गैह्र, श्याम राना, सुनिता नेपाली लगायतले आआफ्नो प्रस्तुती राखेका थिए । यसैगरी नृत्याङ्गना एवम् मोडल सलिना थापा, सृष्टि विश्वकर्मा तथा शिला गोतामेको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले धर्म,संस्कार र स्कृतिको संरक्षणका लागि तीजगीत प्रतियोगिता निरन्तर गर्नु पर्नेमा जोड दिनुभयो ।
तस्बिर ः प्रतियोगितामा पहिलो भएका सामुदायीक महिला समूहका सदस्यहरु । राधाकृष्ण डुम्रे
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


