राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाइ नारायण दाहाल माओवादीको उम्मेदवार ।
काठमाण्डौ:
माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी पदाधिकारीको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो । उनी राष्ट्रिपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् । दाहालको कार्यकाल चार वर्षको रहेको छ ।
चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि राजनीतिक दलमा सक्रिय रहेको संघीय संसद् सचिवालयले प्रकाशित गरेको संघीय संसद् सदस्य विवरण, २०८० पुस्तकमा उल्लेख छ । त्यसअघि उनी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५७ सालदेखि माओवादी केन्द्रीय सदस्य छन् ।
२०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धन हुँदा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो । उपाध्यषमा एमालेको उम्मेदवार बन्ने सहमति छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त थियो । माओवादीमा हालकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल र राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा अध्यक्षका आकांक्षी थिए ।
राष्ट्रिय सभाको निर्वाचन फागुन २९ का लागि तोकिएको छ । उम्मेदवारी मनोनयन दर्ता भने सोमबारका लागि तोकिएको छ । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


