भीरकोटमा माटो परीक्षण घुम्ती शिविर
भीरकोट : भीरकोट नगरपालिकामा घुम्ती माटो परीक्षण शिविर अभियान सञ्चालन गरिएको छ । भीरकोट नगरपालिका कार्यालयले कृषि ज्ञान केन्द्रको सहयोगमा शिविर सञ्चालन गरेको हो । नगरपालिकाका सबै किसानहरुलाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको छ । भीनपा वडा नं. ९ बाट उद्घाटन गरिएको शिविर अन्तर्गत नगरपालिकाका ९ वटै वडामा माटो परीक्षण गरिने भएको छ । ‘कस्तो माटोमा कुन खेती उपयुक्त हुन्छ, माटोको खाद्य शक्ति बढाउन के गर्नु पर्छ, उत्पादन कसरी बढाउन सकिन्छ लगायतका कुरामा किसानलाई सचेतना दिन नगरपालिकाकाद्धारा सबै वडाका किसानलाई लक्षित गरी शिविर सञ्चालन गरिएको छ’ भीनपाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले भने, ‘यो शिविरबाट किसानलाई माटो परीक्षण सम्बन्धी सचेतना बढ्ने र माटोको खाद्य शक्ति सुधार भएर उत्पादनबाट राम्रो लाभ लिन सक्ने विश्वास लिएका छौ ।’
कृषि शाखाका प्राविधिक सुजना पौडेलले माटो परीक्षणमा किसानहरु अपेक्षित सचेत नभएकाले शिविरबाट सचेतना वृद्धिमा टेवा पुग्ने बताईन् । ‘किसानहरु जति सचेत हुनु पर्ने हो, त्यति छैनन्, माटो परीक्षण भनेको के हो भनेर सोध्छन्’ उनले भनिन्,‘यो शिविरबाट माटो परीक्षण सचेतना बढ्छ, त्यसले उत्पादनमा केही न केही असर पर्छ ।’ शिक्षित किसानहरु माटो परीक्षणमा सचेत देखिए पनि परीक्षणका लागि माटोको नमूना लिंदा नै समस्या हुने गरेको पौडेलले बताईन् । पौडेलले किसानहरुलाई माटो परीक्षणका लागि सचेतना फैलाउन सबै वडामा शिविर सञ्चालन गरिएको बताईन् । सबै वडामा शिविर सकिएपछि माटो परीक्षणको प्रतिवेदन नगरमा बुझाइने पौडेलको भनाई छ । ‘त्यो प्रतिवेदनका आधारमा माटो गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले कार्यक्रम बनाउँछ, त्यसका लागि सबै ठाउँको रिपोर्ट नगरलाई बुझाउँछौ ।’
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


