द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण
भीरकोट :
स्थानीय स्तरमा रहेका द्रुत प्रतिकार्य समिति र टोलीका लागि एक दिने अभिमुखिकरण कार्यक्रम भीरकोटको बयरघारीमा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको आयोजनामा भीरकोट नगरपालिका भित्र रहेको द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण प्रदान गरिएको हो ।
कार्यक्रममा द्रुत प्रतिकार्य समितिका काम कर्तव्य र अधिकार, महामारीको पहिचान, यसको रोकथाम, जोखिम पहिचान, टोली परिचालन हुने, ल्याब टेस्ट, सम्भावित विपद् लगायतका विषयमा जानकारी गराईएको थियो । कार्यक्रममा भीरकोट नगरपालिकाका नगर उपप्रमुख भगवती रेग्मी अर्यालले जनप्रतिनिधिले काम गर्नका लागि विभिन्न निति नियम बनाई दिने र कर्मचारीले कार्यान्वयन गर्ने भएकाले विपद्को समयमा सावधानिपूर्वक काम गर्नु पर्ने बताईन् । मानविय स्वस्थ्य सम्बन्धी विपदमा स्वास्थ्यकर्मी नै लाग्नु पर्ने भन्दै महामारी फैलन नदिन संयमतापूर्वक काम गर्न आग्रह गरिन । साथै द्रुत प्रतिकार्य समिति र टोलीबिच समन्वय गरेर नगरमा आईपर्ने स्वास्थ्य सम्बन्धी विपद र महामारीमा गम्भिर भएर काम गर्नु पर्नेमा उनले जोड दिईन् । अर्यालले विपद् आउन नदिनका लागि पहिल्यै सजग हुन आवश्यक रहेको उल्लेख गरिन ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले स्वास्थ्य सम्बन्धी आईपर्ने विपद्मा पहिले पुग्ने स्थानीय स्तरको प्रतिकार्य टोली रहेको भन्दै जनताको जिउधनको रक्षाका लागि विशेष ध्यान दिएर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । ढुंगानाले रोग लागेपछि उपचारको पछि दुगुर्न भन्दा रोग लाग्नै नदिनको लागि सावधानी अपनाउन आग्रह गरे । उनले अभिमुखिकरण कार्यक्रममा सिकाईएका कुरा व्यवहारमा उतार्न आग्रह गरे । नगरपालिका भित्रका स्वास्थ्यकर्मी सहित द्रुत प्रतिकार्य समिति र टोलीको सहभागिता रहेको कार्यक्रमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रतिनिधि सन्तोष अर्यालले गरेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


