नेपाली कांग्रेस स्याङ्जाको पहिलो सम्मेलन बुधबार (भोलि) तयारी पुरा ।
वालिङ :
नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन बुधबार (भोलि) सदरमुकाम स्याङ्जामा हुँदैछ । सम्मेलनको तयारी पुरा भएको नेपाली कांग्रेस स्याङ्जाका सभापति तथा संघीय सांसद राजु थापाले जानकारी दिनुभयो ।
सदरमुकाममा रहेको सिटिहलमा हुने सम्मेलनका लागि विभिन्न उपसमितिहरुले आआफ्नो काम पुरा गरेकाहुन् ।
सम्मेलनमा सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू जिल्ला आउनुहुने नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।
सम्मेलनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशेष भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई विशेष सम्मान गरिने कांग्रेस स्याङ्जाका सचिव तथा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
सम्मेलनमा जिल्लाका ११ वटै पालिकाबाट कांग्रेस कार्यकर्ताहरु सहभागी हुने बताईएको छ । तस्बिर सौजन्य : हेर्नेकुरा ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


