फेदीखोला र आँधीखोलामा ३३६ महिलालाई स्वास्थ्य सेवा
स्याङ्जा:
फेदीखोला गाउँपालिकाले चार वटा वडा र आँधीखोला गाउँपालिकाले वडा नं १ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर गरेका छन् । फेदीखोलाले कार्यतालिका बनाएर पुस १ गतेबाट स्वास्थ्य चौकीमा शिविर गरेको हो ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार शिविरमा स्तन क्यान्सरको पहिचान, पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ, आङ (पाठेघर) खस्ने समस्याको पहिचान, प्रसूतीपश्चात हुने फिस्टुला, परिवार नियोजनका सेवाहरु आइयुसीडी इम्प्लान्ट एवम स्वास्थ्य शिक्षा तथा परामर्श प्रदान गरियो । ४ वटा वडामा भएको शिविरबाट २१७ जना महिलाहरुको सेवा लिएको उनको भनाइ छ ।
पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ गर्दा शिविरमा सहभागी सबै महिलाको नेगेटिभ देखिएको बताउँदै स्वास्थ्यकर्मी मञ्जु गुरुङले १५ जना महिलाको पाठेघरको मुखमा मासु पलाएको पाइएको र ३० जनाको पाठेघरको मुखमा घाउ भएको परीक्षणले देखाएको बताइन् ।
आँधीखोलामा ११९ ले लिए सेवा
आँधीखोला गाउँपालिकाले वडा नं १ राजास्वारामा गरेको घुम्ती स्वास्थ्य शिविरमा ११९ जना महिलाले सेवा लिएका छन् । वडामा पालिकाले महिलालाई लक्षित गरेर पाठेघर क्यान्सर, स्तन क्यान्सरलगायतका सेवा दिएको हो ।
वडा अध्यक्ष पवनकाजी अधिकारीले शिबिरमा एक जनामा रिङपेसरी राखिएको हो भने एक जनामा पाठेर क्यान्सर र छ जनमा स्तन क्यान्सरको जोखिम देखिएको बताउनुभयो ।
स्थानीय मीना ढकालले गाउँमै सेवा पाएकोमा खुशी हुदै पट पटक यस्ता सेवा गाउँमा दिनुपर्ने बताइन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


