भ्रष्टाचार र भ्रष्टाचारीको अन्य नगरे सम्म देशको विकास हुँदैन : सभापति लामिछाने
वालिङ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भ्रष्टाचार र भ्रष्टाचारीको अन्य नगरे सम्म देशले निकास नपाउने बताउनु भएको छ । स्याङ्जाकोे वालिङमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले नेताहरुको गलत भूमिकाका कारण देशमा भ्रष्टाचार बढेको बताउनु भयो । उहाँले भन्नुभयो,“अव हामीले नेता छान्दा ख्याल गरेनौं भने हामी निक्कै पछाडि पर्नेछौं ।”
देशमा युवापुस्तालाई रोक्ने तर्फ ध्यान नदिई भ्रष्टाचारमा लिप्त भएका कारण देशमा आर्थिक सङ्कट परेको उहाँको दावी छ ।
विकासलाई गतिशील बनाई युवाहरुलाई स्वदेशमै रोजगारी दिने रास्वपाको मूख्य उद्देश्य रहेको भन्दै सभापति लामिछानेले २०८४ को चुनावमा बहुमत ल्याएर सवै नेताको भ्रष्टाचारको फाइल खोल्ने स्पष्ट पार्नुभयो ।
भ्रष्टाचार अन्त्यको अभियानमा लागेकाले आफूले मुद्दा खेप्नु परेको उहाँको भनाई छ । भ्रष्टाचारको अन्त्य गर्दा मात्रै नागरिकको शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाका लागि सहजै बजेट पुग्ने लामिछानेको दावी छ ।
कृषि र पर्यटनलाई गतिलो आम्दानीको स्रोत बनाउन सकिने भन्दै आफूले दीर्घकालिन योजना बनाएर काम गर्ने उहाँको भनाई छ ।
गाउँ रित्तिदै गएको भन्दै सभापति लामिछानेले यसको रोक्नका लागि दीगो आर्थिक संमृद्धि आवश्यक रहेको बताउनु भयो ।
सभापति रवि लामिछानेले शुक्रबार नै गल्याङ र भीरकोटमा आयोजित सभालाई पनि सम्बोधन गर्नु भएको छ ।

समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


