वडा अध्यक्ष अधिकारीद्धारा दहथुम माविमा सडकमार्गको सहज पहुँच निर्माण
भीरकोट :
भीरकोट नगरपालिकाको एक पुरानो प्रतिष्ठित विद्यालय दहथुम माध्यमिक विद्यालयमा स्थापनाको ७१ वर्षपछि सडकमार्गको सहज पहुँच पुगेको छ । सिद्धार्थ राजमार्गबाट नजिकै भएको भएपनि सहज सडक मार्ग नभएकै कारण विद्यार्थीको रोजाइमा पर्न छोडेको विद्यालयमा विद्यालयका कार्यवहाक अध्यक्ष एवं वडा अध्यक्ष श्यामकाजी अधिकारीले व्यक्तिगत लगानीमा सडक निर्माण गर्नुभएको छ ।
वडा नं २ का वडा अध्यक्ष अधिकारीले आफ्नो स्वर्गीय आमा शिरकुमारी अधिकारी र पिता देव बहादुर अधिकारीको स्मृतिमा दहथुम माध्यमिक विद्यालय जाने सडक निर्माण गर्नुभएको हो । आमाको पूण्यतिथीको अवसर पारेर आइतबार सिद्धार्थ राजमार्ग देखि विद्यालयसम्म पुग्ने सडकको उद्घाटन समेत गरिएको छ । अधिकारीकी आमाको नवौं वार्षिक पूण्यतिथिको अवसरमा करिब ३०० मिटर लामो सडक खण्डको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले उद्घाट्न गर्नुभयो ।
सडक उद्घाटन गर्दै नगर प्रमुख कर्माचार्यले वडा अध्यक्ष अधिकारीको सत्प्रयासको प्रशंसा गर्दै नगरले गर्नुपर्ने काम वडा अध्यक्षले व्यक्तिगत रूपमा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक तोयनारायण कोइरालाले नयाँ पहुँच मार्ग छोटो र सजिलो रहेको बताउनुभयो । उहांले भन्नुभयो, ” सडकको पहुँच त थियो तर अलिक अप्ठ्यारो थियो, ट्याक्टर हिड्न समेत गाह्रो हुने खालको, मर्मत गरिरहन पर्ने। नयाँ पहुँच मार्ग सहज र छोटो छ। नगर प्रमुखले आगामी आर्थिक वर्षमा थप स्तरोन्नति र ढलान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।”
वडा अध्यक्ष अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत जनप्रतिनिधीको हैसियतमा आफूले पाउने सेवा सुविधा विद्यालय र बालबालिकाको हितमा प्रयोग गरेको बताउनुभयो । अधिकारीले आफ्नै व्यक्तिगत डोजर प्रयोग गरेर नगरपालिकाको दररेट अनुसार करिब ७० हजार बराबरको काम गर्नुभएको हो ।
यसैगरी विद्यालय जाने पैदल मार्ग पनि पुनर्निर्माण गर्न लागिएको अधिकारीले बताउनुभयो । वडाको २ लाख र विद्यालयको १ लाख गरि करिब ३ लाख लागतमा रेलिङ सहितको स्तरीय पदमार्ग निर्माण गरिने उनले जानकारी दिनभुयो । १ सय मिटर लामो पदमार्ग २ मिटर फराकिलो हुनेछ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


