जगतभञ्ज्याङमा कृषक सम्मान तथा कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न ।
राजेन्द्र प्रसाद लामिछाने / वालिङ :
वालिङ नगरपालिका वडा नं ५ को आर्थिक सहयोग तथा वडा स्थरिय कृषि सञ्जालको आयोजानामा आयोजित कृषक सम्मान तथा कृषि सामग्री वितरण कार्यक्रम जगत भन्ज्याङ मा सम्पन्न भयको छ ।

कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नं ५ का अध्यक्ष ढाकाराम पंगेनिले वाड नं ५ लाइ कृषिमा अझै विकास गर्न आफु निरन्तर लागि रहने र कृषक हरुलाइ प्रोत्साहन मिल्ने खालका कार्यक्रम हरु गर्दै जने बताउनु भयो । सोहि कार्यक्रममा वालिङ नगरपालिका वडा नं ५ का आठ जना कृषकहरुलाइ सम्मान गरिएको छ ।
सम्मानित हुने कृषकहरुमा यज्ञ प्रसाद लामिछाने, जितसिङ गुरुङ, झमन गुरुङ, नेत्र बहादुर पुलामि, टिका बहादुर खड्का, चित्र प्रकाश रेग्मि, कल्पना मल्ल, कुलानन्द अधिकारी रहनु भयको छ ।

वडा नं ५ का सबै घर धुरिहरुलाई कागति को बिरुवा र एघार जना कृषकहरुलाई प्लाष्टिक टनेल समेत बितरण गरिएको छ । कार्यक्रममा वालिङ नगरपालिका वडा नं ५ वडा सदस्य केश बहादुर थापा, जन कल्याण कृषि सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछाने, प्रगति टोल बिकास संस्थाका संयोजक भिम प्रसाद रेग्मि लगायतले बल्नुभएको थियो ।

वडा स्तरीय कृषि सञ्जाल का अध्यक्ष चित्र प्रकाश रेग्मिको अध्यक्षता सम्पन्न कार्यक्रमको स्वागत हर्सेडाडा टोल विकास संस्थाका संयोजक झमन गुरुङ र सञ्चालन सचिव राम प्रसाद लामिछानेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


