सहकारी उत्पादनमा जोडिनु पर्छ : मन्त्री अर्याल तिवारी
वालिङ :
गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले सहकारीहरु उत्पादनमा जोडिनु पर्ने बताउनु भएको छ । शनिबार वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तेस्रो साधारण सभाको उद्दघाटन गर्दै मन्त्री तिवारीले सहकारीहरु उत्पादनमा जोडिनु अनिवार्य रहेको स्पष्ट पार्नु भयो ।
पछिल्लो समय सहकारीमा देखिएको विकृत्तिलाई रोक्न सेयर सदस्यहरु चनाखो हुनुपर्ने मन्त्री अर्यालको भनाई छ । सहकारीले आफ्ना सदस्यहरुको बचत फिर्ता गर्न नसक्ने, सहकारी नै डुब्ने घटनाहरु देशभर फैलिरहेको भन्दै यसलाई रोक्न बेलैमा सदस्यहरु संयम चनाखो र सचेत बन्न आवश्यक रहेको मन्त्री तिवारीले बताउनु भयो ।
सहकारी आफ्नो नीति र सिद्धान्तलाई आत्मसाथ गरेर पारदर्शी तवरले चल्नुपर्ने भन्दै मन्त्री तिवारीले सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुँने बताउनुभयो । मन्त्री तिवारीले भन्नुभयो, “आफ्ना सदस्यहरुको आर्थिक स्थिति वृद्धि गर्नका लागी खोलिएका सहकारी नीति र सिद्धान्त विपरित रुपमा अगाडि बढ्दा विभिन्न समस्या आईरहेका छन् ।” सहकारी धरासयी हुनबाट बच्न समयमै सहकारीका सदस्यहरु चनाखो बन्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष छविलाल आले, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, सेयर सदस्यहरु महेश गुरुङ र चण्डिका सापकोटा अर्याल गायतले बोल्नुभएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष, कोषाध्यक्ष, सचिव, लेखा संयोजक, प्रबन्धकको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष ल्या. यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष नेत्रप्रसाद सुवेदी र संचालन सदस्य भोजराज गुरुङले गर्नुभएको थियो ।
सहकारीले पर्यटकीय क्षेत्र वालिङ ५ पित्लेकमा साधारण सभा गरेको हो ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


