भीरकोटका विद्यार्थीहरुको आँखा परीक्षण गरियो ।

भीरकोट :

स्याङ्जाको भीरकोट नगरपालिकामा विद्यार्थीहरूका लागि संचालित ३ दिने आँखा शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ भीरकोटले “विद्यार्थीसँग लायन्स कार्यक्रम” अन्तर्गत यही मंसिर १६ गतेदेखि १८ गतेसम्म संचालन गरेको ३ दिने निशुल्क आँखा शिविरबाट ४ सय ६७ जना बालबालिका लाभान्वित भएका छन्। भीरकोट नगरपालिका वडा नं १ मा अवस्थित भीरकोट खेलमैदानमा निशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो।आँखा शिविरको समापन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले लायन्स क्लब अफ भीरकोटले आँखा जस्तो संवेदनशील विषयमा शिविर संचालन गरेकोमा आभार व्यक्त गर्दै आयोजक र सहयोगी निकायहरूको प्रशंशा गरेका थिए l लायन्सले सामाजिक कार्यहरूलाई प्रथामिकता दिएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि जनताको चाहना बमोजिमका स्वास्थ्य जाँच शिविर संचालन गर्न लायन्सको अग्रसरता रहने अपेक्षा गरेका थिए l समाज सेवाको भावनाले लायन्सले गर्ने जुनसुकै काममा नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख कर्माचार्यले बालबालिकाको हितमा काम गरेकोमा लायन्स क्लबप्रती आभार व्यक्त गरेका थिए। No description available.लायन्स क्लब अफ भीरकोटका अध्यक्ष याम प्रसाद अधिकारी ( लक्ष्मण) लायन्स क्लब समाज सेवाको भावनाले नै स्थापित भएकाले सामाजिक सेवाका कार्यहरूलाई निरन्तरता दिने बताए। भीरकोट नगरपालिकाको बालमैत्री अभियानमा सहयोग पुगोस् भन्ने हेतुले निशुल्क आँखा जाँच शिविर आयोजना गरिएको बताउँदै अध्यक्ष अधिकारीले लायन्स क्लब अफ भीरकोटको वार्षिक कार्ययोजना र अभिभावकहरूको माग अनुसार बालबालिका र विद्यार्थीहरूलाई लक्षित कार्यक्रम गरिएको बताए। शिविरलाई सफल बनाउन सहयोग गर्ने भीरकोट नगरपालिका , गण्डकी मेडिकल कलेज लगायतका सबैलाई आभार व्यक्त गर्दै अध्यक्ष अधिकारीले लायन्सले हरेक काम सेवाको भावले गरेको गरिरहेको बताए। लायन्स क्लब अफ भीरकोटको आयोजना एवम् भीरकोट नगरपालिका र गण्डकी मेडिकल कलेज पोखराको समेत सहयोगमा सुरू भएको निशुल्क आँखा शिविरमा विशेषत: विद्यार्थीहरूको आँखाको दृष्टि परीक्षण र निशुल्क औषधि वितरण गरिएको थियो। शिविरमा ३ दिनसम्म आँखा रोग विशेषज्ञ डा. लक्ष्मी ओली, डा. शुभेच्छा दाहाल र डा. सुरमाया अधिकारीले सेवा दिएका थिए।

Facebook Comments Box
TOP