वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
स्याङ्जा :
स्याङ्जाको वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । सोमबार बसेको नगर शिक्षा समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा वालिङ भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरुका १८ वर्ष उमेरका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । विद्यालय तहका विद्यार्थीहरुमा खेलकुदको अभिरुची वृद्धि गर्दै खेलका माध्यमबाट भ्रातृत्वको विकास गर्ने उद्धेश्यका साथ प्रतियोगितको आयोजना भएको नगरपालिकाले जनाएको छ । प्रतियोगितामा भलिबल, मार्शल आर्टस्, एथ्लेटिक्स,कबड्डी र फुटबल लगायतका खेलहरु समावेश गरिने नगरपालिकाले जनाएको छ ।
पौष ४ गतेबाट सुरु हुने प्रतियोगिता वालिङ १० मा रहेको औद्योगिक ग्राममा सञ्चालन हुनेछ । बैठकले खेलकुद प्रतियोगितालाई व्यवस्थापनगर्न विधागत तर्फ जिम्मेवारी तोकेको छ । भलिबलतर्फ चित्रजंग गुरुङ,मार्शल आर्टस्तर्फ मनोज बुढाथोकी,एथ्लेटिक्सतर्फ दिपेन्द्र खाँण,कबड्डीतर्फ चतुर्भुज गैह«े र फुटबलतर्फ लाल बहादुर ज्वारचनलाई जिम्मेवारी तोकेको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


