चापाकोट नगरपालिकाले अतिबिपन्न ५ परिवारलाई घर बनाइदिने
स्याङ्जा:
चापाकोट नगरपालिकाले पालिकाभित्रका अतिबिपन्न ५ परिवारलाई घर बनाइदिने भएको छ।
घरवार विहीन अति विपन्न ५ परिवारलाई एक÷एक वटा सामान्य घर निर्माण गरिदिने नगर प्रमुख देवबहादुर खाण (ईश्वर) ले जानकारी दिनुभयो ।
दिनभर अरुको काम गरेर रातमा आफनै घरमा आरामले सुत्न पाउन भन्ने उदेश्यले यसबर्ष ५ वटा घर निर्माण गर्ने योजना बनाएको उहाले बताउनुभयो ।
उनका अनुसार, ‘यसवर्ष वडा नं. ७ का सीता दर्जी, वडा नं. ४ का रोमन विक र केशबहादुर दमै, वडा नं. १० का माया भट्टराई र दिवस विकको घर बनाउनेछौं।’े
हाल घरवार बिहीन भएर भाडामा बस्दै आउनु भएका ती परिवारलाई नगरपालिकाले बासको ब्यवस्थापन गरिदिन लागेको उपप्रमुख इशा रानाले जानकारी दिनुभयो ।
जनश्रमदान बाहेक प्राबिधिक ईष्टमेट अनुसार १५ लाख खर्च गरिने पालिकाले जनाएको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


