संस्कृतिको संरक्षण गर्न मौलिक तीज गित प्रतियोगिता

भीरकाेट :

परम्परागत संस्कृतिको संरक्षण गर्न स्याङ्जाको भीरकोट नगरपालिकाले  तीज गीत प्रतियोगिताको आयोजना गरेको छ ।  बुधबारदेखि  वडागत रूपमा वडा नं ६ बाट  सुरू भएको प्रतियोगिता असोज १ गते नगरस्तरीय प्रतियोगिता  गरी समापन गरिने पालिकाले जनाएको छ ।

नगरपालिकाले निर्धारण गरेको समय तालिका अनुसार २१ गते वडा नं ४ मा सम्पन्न भएकाे छ । यस्तै  २२ गते वडा नं ५  मा, २३ गते वडा नं ७ मा, २४  गते वडा नं  ३ मा, २५ गते वडा नं  २ मा, २६  गते वडा नं ९  मा , २७  गते वडा नं १  मा, २९  गते वडा नं ८   मा वडा स्तरीय मौलिक तीज गीत प्रतियोगिता हुनेछन् । असोज १ गतेको नगर स्तरीय तीज गीत प्रतियोगिता बयरघारी बजारको तमु समाज भवनमा हुनेछ ।

यो वर्षको  पहिलो तीज प्रतियोगिता वडा नं ६ को सुन्दरचौर पार्कमा आयोजना गरिएको थियो l बुधबार भएको  वडा स्तरीय  प्रतियोगितामा जनजागरण आमा समूह प्रथम भएको छ । यसैगरी जनजागृति आमा समूह गोदिखोलाले दोस्रो, मनकामना आमा समुह,  फोक्सिङले तेस्रो , लालीगुराँस आमा समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा १० वटा आमा समूहहरूको सहभागिता रहेको थियो ।

निर्णायकको भूमिकामा गायक देबि प्रसाद अर्याल , भाग्योदय माध्यमिक विद्यालयका शिक्षक पूण्य प्रसाद अर्याल र बालोदय माध्यमिक विद्यालयका शिक्षिका सिमा एस. के रहेका थिए ।  मौलिक संस्कृतिको संरक्षण सँगसँगै  सुन्दरचौर पार्कको समेत प्रचारप्रसार गर्ने उद्देश्यले सुन्दरचौर पार्कमै तीज गीत प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री (रामकाजी) ले बताए ।

वडा नं ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री (रामकाजी)  को अध्यक्षतामा भएको तीज गीत प्रतियोगितामा गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, नगर उपप्रमुख भगवती रेग्मी अर्याल, नेपाली काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी (लक्ष्मण), राष्टिय प्रजातन्त्र पार्टी भीरकोटका अध्यक्ष हर्क बहादुर रोका लगायतका सामाजिक तथा राजनितिक व्यक्तित्व,  जनप्रतिनिधिहरू, आमा समूहहरू र सर्वसाधारणहरूको उल्लेख्य सहभागिता रहेको थियो ।  आमा समुहहरूले पालिकाको विकास, स्वास्थ्य, शिक्षाको क्षेत्रमा भएको प्रगति, समस्या  र देशको समसामयिक परिस्थितिलाई मौलिक लयमा प्रस्तुत गरेका थिए l नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जनताले गीत मार्फत व्यक्त गरेका खुशी र दु:खलाई  सम्बोधन गर्दै जनचाहना अनुसार नै काम गर्ने प्रतिबद्दता जनाएका थिए ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP