डुम्रे बन्धु समाजका अभियान्ता पोमप्रसाद डुम्रेका निधन ।
वालिङ :
डुम्रे बन्धु समाजका सदस्य तथा डुम्रे बन्धुहरुको पुस्तावली निर्माणका अभियान्ता पोमप्रसाद डुम्रेको निधन भएको छ । वालिङ नगरपालिका वडा नं. १४ छविसेका डुम्रेले वंशावली निर्माण, यसको वर्गिकरण र व्यवस्थापनमा लामो समय देखि काम गर्दै आउनु भएको थियो । वालिङ १२ को घुरुङ्खा माविमा अध्यापनरत डुम्रेको सोमवार विहान ५१ बर्षको उमेरमा निधन भएको हो । आईतवार आफ्नै घरमा रहदा स्वास्थ्यमा समस्या देखिए पछि उहाँलाई उपचारका लागि गह्रौं प्राथमिक अस्पताल वालिङमा लगिएको थियो । डुम्रेलाई सोमवार विहान चिकित्सकले मृत घोषणा गरेको डुम्रेबन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष शिवलाल डुम्रेले जानकारी दिनुभयो ।
वंशावलीलाई अन्तिम रुप दिने वारे छलफल भईरहेको थियो अभियान्ता पोमप्रसादको अल्पायुमा नै निधन भयो हामीलाई अपुरणीय क्षति भएको छ, समाजका अध्यक्ष शिवलाल डुम्रेले भन्नुभयो । समाजले स्वर्गीय पोमप्रसाद प्रति श्रद्धान्जली अपर्ण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।
यस्तै डुम्रेबन्धु समाज नेपालका संरक्षक पूर्व न्यायाधीस अनन्तराम डुम्रेले पोमप्रसाद डुम्रेको अल्पायुमा नै भएको निधनले ठूलो क्षति पुर्याएको बताउनु भएको छ । उहाँले भन्नुभयो,“अव पोमप्रसादले शुरु गरेको वंशावली तयार पार्ने र यसलाई पूर्णता दिने काम सवै मिलेर गर्नुपर्दछ ।”
स्वर्गीय पोमप्रसाद डुम्रेको आजै रामनदी धाम राम्दीमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । उहाँका श्रीमती र दुई छोरा रहेकाछन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


