बिकेनन् कागतीका बिरुवा

स्याङ्जा  :

प्रशस्त बर्षात् भएको बेलामा पनि कागतीका विरुवा नबिक्दा गल्याङ्का २६ बर्षे प्रदीप पाण्डेलाई चिन्ता थपिएको छ । बर्षभरिको मेहनतले बजार नपाउँदा उहामा चिन्ता थपिएको हो।

गल्याङ् नगरपालिका २ स्थित रैबवारमा जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्र संचालन गर्दै आएका पाण्डेसंग अहिले १८ महिनाका ६० हजार कागतीका (बीजु) विरुवा छन्। उहाका नर्सरीमा भएका ८० हजार मध्ये २० हजार मात्र बिक्री भएको उहाले बताउनुभयो ।

उहाले भन्नुभयो ‘सुनकागती १, सुनकागती २ र स्थानीय जातका कागतीका विरुवा छन्। सुनकागती १ तराईमा, सुनकागती २ पहाडमा र स्थानीय जातका कागती उच्च पहाडमा राम्रो उत्पादन लिन सकिन्छ।’

पोलीब्याग भित्रका कागतीका प्रति विरुवा ५० रुपैंया तोकिएको छ। कागती बिरुवा रोपणका लागि जेठm असार उपयुक्त महिना हुन् भने साउन, भदौमा पनि रोप्न सकिन्छ। खाडल खनेर माटो, मल, पानी मिलाएर राखेको सातादिनपछि रोप्न सकिन्छ। तर, हिजोआज नयाँ नयाँ प्रबिधिको उपयोग गर्दे तत्काल खाडल खनेर रोप्ने चलन पनि सुरु भएको छ।

भारतबाट अरबौ रुपैंयाको कागती आयात गरिएको समाचारबाट थाहापाएपछि कागती खेतीमा मन जागेको पाण्डेको भनाई छ। विस २०७५ सालमा संस्था दर्ता गरेर उहाले ०७७ सालदेखि विरुवा उत्पादन एवं बिक्री गर्दै आउनु भएको छ ।

एकल स्वामित्वमा रहेको नर्सरीमा उहाले लाखौं रुपैंया लगानी गरिसक्नु भएको छ । सुरुका बर्ष नर्सरी संरचना निर्माणका लागि भन्दै कृषि ज्ञान केन्द्रले ६ लाख ७७ हजार रुपैंया र गल्याङ् नगरपालिका अन्र्तगत पशु सेवा शाखाको प्राबिधिक सहयोग छ ।

पाँच रोपनी जग्गा भाडामा लिएर बनाएको नर्सरीमा कागतीसंगै बिभिन्न किसिमका डालेघाँस सहित बहुउपयोगी बिरुवा पनि छन्। रायखनियो, भटमास, मेनरोला, एभोकाडो, मोरिङ्गा, सीतल चिनी, पिपल लगायतका एक लाख बिरुवा रहेको उहाले बताउनुभयो ।

गोडमेल गर्दा, वीउ रोप्दा, प्याकिङ् भर्दा, सिंचाई गर्दा, रेखदेख, खनजोत लगायतका कामका लागि दैनिक ओैसतमा ५ जना कामदार आवश्यक पर्छ । नर्सरीमा मौसम अनुरुप धेरैले रोजगार पाएका छन । नगदे बालीका रुपमा परिचित कागती रोपेको ३÷४ बर्षमै फल दिन्छ। स्याङ्जाको जुनसुकै स्थानमा पनि कागती खेती अत्यन्त राम्रो हुन्छ। कागती सबै उमेरका लागि आवश्यक मानिन्छ। कागतीमा भिटामिन सी पाईन्छ। स्थानीय बजारमा सजिलै बिक्री गर्न सकिन्छ ।

बर्षको दुई÷चार पटक गोडमल गरेपछि राम्रो फल दिने हुँदा कागती खेती कठिन छैंन । नगदे बालिका रुपमा परिचित कागती लामो समयसम्म टिकाउ हुन्छ। एक पटक कागती रोपेपछि २० देखि ३० बर्षसम्म फल दिइरहने हुँदा कम उत्पादन लागतमै राम्रो नगद आर्जन गर्न सकिन्छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP