विद्यालय ब्यबस्थापन सम्बन्धि क्षमता विकास तालिम संचालन
हिमाल न्याैपाने/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको गल्याङ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत सम्पूर्ण विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुका लागि दुई दिने विद्यालय ब्यबस्थापन सम्बन्धि क्षमता विकास तालिम संचालन गरेको छ । उक्त तालिमको उद्घाटन सत्रमा गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री केदार राज आचार्यको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।
स्वागत मन्तव्यमा शिक्षा, युवा तथा खेलकुद शाखाका अग्निधर बस्यालले विद्यालय ब्यबस्थापन सम्बन्धि क्षमता विकास तालिममा सहभागी सबैलाई तालिम फलदायी बन्ने र विद्यालयले सुधारको अपेक्षा गर्ने कुरा व्यक्त गर्नु भयो । साथै गल्याङ नगर शिक्षा समितिका सदस्य घनश्याम भट्टराई, शसिकुमार बि.क., चन्द्र राना, तोयराज भट्टराई, लेखनाथ चापागाईं, चुरामणी पाण्डे, दर्वेन्द्र देव खनाल, राजेन्द्रदेव खनाल भेगप्रसाद श्रेष्ठ लगायत विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेकोे थियो । प्रमुख अतिथि नगर प्रमुख गुरु प्रसाद भट्टराईले विद्यालय संचालनका लागि सबैभन्दा ठुलो जिम्मेवारी भनेको अध्यक्षको रहने गर्छ, इमानदारीपुर्वक काम गर्नुपर्ने, आफ्नो भुमिका सरल तरिकाले गर्न सकेको खण्डमा विद्यालयले गुणस्तरमा परिवर्तन ल्याउन सक्छ । विद्यालयलाइ पारदर्शितामा राख्नुपर्ने, प्राविधिक क्षेत्रमा विशेष ध्यान दिने र सहि तरिकाले परिचालन गर्नुपर्ने, सफा मनले विद्यालयलाई हेर्ने दृष्टिकोण हुनुपर्ने, विद्यालयको आचरणमा खोट नलाग्ने कुरामा ध्यान दिनुपर्ने कुरामा ध्यानाकर्षण गर्नुभयो ।
नगरभित्रका सामुदायिक तथा संस्थागत गरि ७० विद्यालयका बि.ब्य.स अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्ष गरि करिब १०० जनाको उपस्थिती रहेकोे थियो । गल्याङ नगरपालिकाको सभाहलमा गरिएको कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रा.स.श्री हिमलाल भण्डारीले कुसलतापुर्वक गर्नु भएको थियो । उद्घाटन सत्रको समापन कार्यक्रमका अध्यक्ष शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री केदार राज आचार्यले विद्यालयका सम्पूर्ण गतिविधिका बारेमा जानकारी दिदै समापन गर्नु भयो । उक्त २ दिने कार्यक्रम आज र भोलि चल्नेछ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


