गल्याङका पूर्ब वडाअध्यक्ष क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गयो ।
स्याङजा,जेठ २६ ।
स्याङ्जाको गल्याङ नगरपालिका वाड न ५ का पूर्बवडा अध्यक्ष बिष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ । वडा नं. ५ कै जोगिमारा काम गरिरहेको जेसिवि अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाईते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको हो । मृतक क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि वालिङ गह्रौ प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
क्षेत्री २०७४ को स्थानीयतहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एक मात्र वडा अध्यक्ष रहनु भएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
४ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


