सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय
काठमाडौं :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो।
प्रतिनिधिसभा सांसदसमेत रहेका सभापति लामिछानेले भन्नुभयो, “आज हाम्रो केन्द्रीय समिति र संसदीय दलको बैठकले सार्वसम्मत रुपमा गरेको निर्णय सुनाउँन चाहन्छु। सरकारको समर्थन फिर्ता लिएर प्रतिपक्षमा रहने निर्णय गरेका छौं।”
सरकारको समर्थन फिर्ता किन लिइएको हो भन्ने जिज्ञासामा उहाँले देशैभरीबाट प्राप्त जनताको म्याण्डेट अनुरुप प्रतिपक्षीमा रहने निर्णय प्राप्त भएको प्रतिक्रिया उहाँले दिनुभयो। “देशैभर दिएको म्याण्डेटले प्रतिपक्षीको भूमिका निर्वाह गर्न निर्णय प्राप्त भयो। भर्खर सुरु भएको पार्टीमा आन्तरिक काम नै धेरै गर्नुपर्नेछ”, उहाँले भन्नुभयो।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


