तीन वटै क्षेत्रमा मंसिर ४ को भन्दा कम मतदान ।
काठमाण्डौ:
आइतबार उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ। मंसिर ४ को चुनावमा ७२ प्रतिशत मतदान भएको यस क्षेत्रमा यसपालि ६२ प्रतिशत मात्र खसेको छ।
तनहुँमा ५२ प्रतिशत र बारामा ६१ प्रतिशत मत खसेको थपलियाले बताए।
तनहुँ-१ मा मंसिरमा ५३ प्रतिशत खसेको थियो भने बारा-२ मा ६४ प्रतिशत मत खसेको थियो।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


