आँधीखोलामा तटबन्ध लगाउन सांसद थापाको माग
काठमाडौँ : कांग्रेसका सांसद राजु थापाले स्याङ्जाको आँधीखोला तटबन्ध निर्माण बजेट अभावले रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले स्याङ्जाको मध्यभागबाट बगेको आँधीखोलाले बर्सेनि वर्षायाममा ठूलो मात्रामा कृषियोग्य भूमिलाई नष्ट गर्दै आइरहेको र तटबन्ध निर्माणको योजना बनेपनि बजेट विनियोजन नहुँदा काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
०७० सालबाट सुरु भएको आँधीखोला तटबन्ध निर्माण कार्यक्रम बजेट अभावकै कारण अलपत्र छ । यसक्षेत्रमा नदी कटान भएर कृषियोग्य भूमिमात्र नभई मानवबस्तीलाई पनि जोखिममा पारेको उनको भनाइ छ । सांसद थापाले यही वर्षको वर्षाअघि तटबन्ध निर्माण हुने गरी बजेटको गरिदिन माग गरेका छन् ।
उनले भने, ‘आँधीखोलामा बनेका पक्की मोटरेबल पुलहरु समेत आँधीखोलाको कटानले जोखिममा परेका छन्, आर्थिक वर्ष २०८०/८१ मा तटबन्धन कार्य सुरु होस् र यसको लागि उचित बजेट व्यवस्थापन होस् भन्दै सभामुख महोदयमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


