स्याङ्जामा कतारकी राजकुमारीको प्याराग्लाईडिङ तालिम
स्याङ्जा:
बैदेशिक रोजगारीका लागि नेपाली कामदारले रुचाएको र हजारौँ नेपालीहरुले रोजगारको थलो बनाएको देश हो कतार । कतारमा नेपालीहरु गए पनी कतारीहरु नेपाल आउँदा त्यत्ती चर्चा हुँदैन । तर, पछिल्लो समय निकै चर्चाको विषय बनेको छ, कतारकी राजकुमारी आस्मा अल्थानीको नेपाल यात्रा ।
पर्वतारोहणमा रुची भएकी अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर स्याङ्जा आईन । उनले हिमाल आरोहण मात्र गरिनन् स्याङ्जाको आकाशमा प्याराग्लाइडिङ तालिम समेत सम्पन्न गर्दै सफल उडान गरेकी छन् ।
स्याङ्जाको भिरकोट ५- स्वरेक मैदानमा बाबु एड्भेन्चरले संचालन गरेको बाबु एडभेन्चर इन्टरनेशनल प्याराग्लाइडिङ स्कुलमा पाँच दिने आधारभूत तालिम लिएको स्कुलका संचालक सानोबाबु सुनुवारले बताए ।
नेपालको भूमी सांस्कृतिक हिसाबले मात्र नभई सहासिक खेलको लागी पनी निकै आनन्ददायी भएको अल्थानीले नेपाल टेलिभिजनलाई बताईन् । आठ हजार मिटर अग्लो विश्वका १४ हिमाल आरोहण गरेका निर्मल पूर्जाले राज्यले ध्यान पुर्याउन सके नेपालमा सहासिक खेलको निकै सम्भावना रहेको बताए ।
स्याङ्जामा देश बिदेशका उच्च घरानादेखी सहासिक खेलमा रुची राख्ने पर्यटकको आकर्षण बढ्दो छ । तर, प्याराग्लाईडिङ स्कुल सम्म पुग्ने सडकको स्त्तरोन्नती हुन नसक्दा यहाँ आउने पर्यटक निराश बन्ने गरेका छन् । निजी क्षेत्रबाट पर्यटन प्रबर्द्धनमा गरिएको प्रयासलाई राज्यले पनी माथि उकास्नुपर्ने पर्यटन व्यवसायीको माग छ ।-NTV
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


