राष्ट्रपतिको उम्मेद्वारीको लागि रामचन्द्र पौडेल र सुवास नेम्वाङको मनोनयन दर्ता ।
काठमाण्डौ:
राष्ट्रपतिको उम्मेद्वारीको लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङले मनोनयन दर्ता गरेका छन्।
उनिहरुले शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। रामचन्द्र पौडेलको साथमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत थिए।
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ,नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठ ,जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई रहेका छन्।
यस्तै समर्थकमा लोसपा अध्यक्ष महन्ठ ठाकुर ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहेका छन्। राष्ट्रपति उम्मेदवारका लागि रामचन्द्र पौडेललाई आठ दलले सघाउने निर्णय गरेका थिए।
नेम्वाङले भने ओलीसहित ५ जना प्रस्तावक र योगेशसहित ५ जना समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दिनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ, एमाले सचिव योगेश भट्टराई, जुली महतो कार्यालय पुगेका थिए।
यसअघि एमालेको सचिवालय बैठकले सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


