रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति चयन
काठमाण्डाै :
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ । धुम्बाराहीमा आज आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो ।
गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेकाे नागरिकता नै अवैध ठहर गरेपछि उहाँको पार्टी सभापति, सांसद र मन्त्री पद नै खारेज भएको थियो । तर आज नागरिकता पुज: कायम भएपछि उहाँ फेरि सभापति हुन योग्य हुनुभएको हो ।
यसअघि नै नेपालको नागरिकता लिइसक्नुभएका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्याग्नुभएको थियो । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिनुभएको थियो ।
लामिछाने गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । pic-web
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


