स्याङ्जाको कालीगण्डकी बन्यो आफ्नै छाप, झण्डा र गान भएको स्थानीयतह ।
स्याङजा,पुस १७ गते ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका आफ्नै छाप, झण्डा र गान भएको स्थानीयतह बनेको छ ।
यसअघि नै गाउँपालिकाले हरेक औपचारिक कार्यक्रममा नेपालको राष्ट्रिय गानसँगै आफ्नो गाउँपालिका गान समेत प्रयोग गर्दै आएको थियो ।
गाउँ कार्यपालिकाको पुस १२ को निर्णयअनुसार आफ्नै छाप, झण्डा र गान प्रयोगमा ल्याउन लागिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । गाउँ कार्यपालिकाको गएको असोज २७ को निर्णय बमोजिम गाउँपालिकाले छाप र झण्डा डिजाइनका लागि खुल्ला प्रतिस्पर्धाको लागि सूचना प्रकाशित गरेको थियो ।
पालिकामा प्राप्त हुन आएका डिजाइनहरु मध्येबाट गाउँपालिकाको मौलिक विशिष्टता झल्काउने डिजाइनयुक्त छाप र झण्डा छनौट गरेको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

कालीगण्डकी गाँउपालिका आफ्नै छाप, झण्डा र गान भएको पहिलो स्थानीय तह भएको दाबी बताएको छ ।
यसअघि नै गाउँपालिकाभित्र हुने हरेक औपचारिक कार्यक्रममा नेपालको राष्ट्रिय गानसँगै आफ्नो गाउँपालिका गान प्रयोग गर्दै आएका थियौं पालिकाका अध्यक्ष थापाले भन्नुभयो, “अब गाउँपालिकाको विशिष्ट पहिचान झल्किने छाप र झण्डा समेत प्रयोग गर्नेछ ।”
छाप, झण्डा र गानको मर्यादित प्रयोगका लागि कार्यविधि समेत तय गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।
छनौट भएको गाउँपालिकाको छाप र झण्डा दुवैको डिजाइन गाउँपालिकाभित्रकै प्रतिस्पर्धीबाट प्राप्त हुन आएको प्रशासकीय अधिकृत पाण्डेयको भनाई छ ।
कालीगण्डकी गाउँपालिका ५ कि रितिजा श्रेष्ठले छापको डिजाइन गर्नुभएको हो भने ७ का मदन भट्टराईले झण्डाको डिजाइन गर्नुभएको अधिकृत पाण्डेयले जानकारी दिनुभयो ।
दुवै डिजाइनकर्ताले जनही नगद रु ५० हजार र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएकोा छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


