प्रतिनिधि सभातर्फ सबै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक

काठमाण्डाै :

प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै  १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो । यो जितसँगै माओवादी केन्द्र १८ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले ५७, एमालेले ४४, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७/७ ठाउँमा जितेका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक ठाउँमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP