आफुबाट सम्पत्तिको छानविन सुरु गर्न काङ्ग्रेस उम्मेद्वार धनराज गुरुङको आग्रह
गल्याङ ।
स्याङ्जाको गल्याङबजारमा नेपाली काङ्ग्रेसका उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार धनराज गुरुङले सबै नेताको सम्पत्ति छानविन गर्नुपर्ने बताउनुभएको छ । उहाँले त्यसको सुरुवात आफुबाट गर्न आग्रह गर्नुभयो । स्याङ्जाको गल्याङबजारमा गरिएको चुनावी घरदैलो तथा कोणसभामा उहाँले भ्रष्ट प्रबृत्ति नै विकासको बाधक भएकाले यसको अन्त्यका लागि आफुलाई मतदान गर्न आग्रह गर्नुभयो । आफु कुनै पार्टीको विरोधी नभएको भन्दै उहाँले अहिलेको मुख्य सत्रु भ्रष्ट्राचार, गरिबी र बेरोजगारी रहेको बताउनुभयो । गुरुङ्ले भन्नुभयो –‘हामी भन्दा पछाडि रहेका देशहरु अहिले धेरै अगाडि पुगिसके । हाम्रोमा भ्रष्ट प्रबृत्तिले सम्मुनति हुन दिएन । त्यसैले एमालेका साथीहरुलाई पनि रुख चिन्हमा मतदान गर्न आग्रह गर्दछु ।’
२०३६ साल देखि राजनीति गरिरहेको भन्दै उहाँले आफु अहिले पनि काठमाडौंमा डेरामा बस्ने गरेको बताउनुभयो ।
दलहरुमा रहेको भ्रष्ट प्रबृत्तिको अन्त्य आफ्नो प्रमुख एजेण्डा रहेको भन्दै त्यसपछि विकास निर्माणका कामहरु क्रमशः हुँदै जाने बताउनुभयो । गुरुङले स्थानीय स्तरमा भएका समस्याहरु समाधान गर्न आफु प्रतिबद्व रहेको बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


