जनतासंग प्रत्यक्ष जोडिएको योजनालाई प्राथामिकता दिन्छु : अर्याल
स्याङ्जा :
स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पद्मा अर्यालले जनतासंग प्रत्यक्ष जोडिएको योजनालाई प्राथामिकता दिने बताउनुभएको छ ।
नेकपा एमालेका केन्द्रिय कमिटि सचिव तथा पुर्व मन्त्री समेत रहनुभएका अर्यालले शनिबार वालिङ १ र ११ नंं. वडाका विभिन्न स्थानहरुमा घरदैलो गर्नुहुँदै हिँजो मन्त्रालयमा हुँदा पनि नागरिकसंग प्रत्यक्ष जोडिएको खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, भौतिक पुर्वाधार विकास, युवा स्वोरोजगार, कृषिलगायतलाई प्राथामिकता दिएको स्मरण गर्दै त्यस्ता योजनाहरुलाई दिर्घकालिन बनाउनका लागी यसपटक पनि फेरि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“स्याङ्जाका विभिन्न स्थानहरुमा नागरिकसंग जोडिएका योजनाहरु हिजो पनि ल्याएको हुँ । ति योजनालाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्न नागरिकले चाहानुभएका अपुग कार्यहरु, अधुरा कार्यहरुलाई पुरा गर्न फेरि पनि यहाँहरुको साथ र सहयोग आवश्यक छ ।” नागरिकले महशुस गर्ने खालका योजनाहरु आगामी दिनमा पनि निरन्तरता दिने भन्दै जिल्लाको विकासका लागी छुट्याईएका बजेट गठबन्धनको सरकार आएपछि कटौती गरिदिएको भन्दै विकास र समृद्धिका लागी एमालेका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा क प्रत्यक्ष उम्मेदवार मोहन रेग्मी, समानुपातिक उम्मेदवार हुमबहादुर गुरुङ, प्रदेश कमिटि सदस्य उदय श्रेष्ठ, जिल्ला सदस्य पुण्यप्रसाद अर्याल, नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेल, सचिव यमकान्त खनाललगायतको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


