भष्ट्रचार प्रवृत्ति अन्त्य हुनुपर्छ : उपसभापति गुरुङ
स्याङ्जा :
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति तथा स्याङ्जा संघिय निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार धनराज गुरुङ्ले भष्ट्रचार प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनु भएकाे छ । चुनावी घरदैलो तथा वालिङ १२ र १३ मा आयोजना गरिएको चुनावी भेलालाई सम्बोधन गर्दै उपसभापति गुरुङ्ले भष्ट्रचारको अन्त्य नभएसम्म दिगो विकास सम्भव नहुने बताउनु भएकाे हाे । भष्ट्रचार बिरुद्धको अभियान चलाउदै आएका उपसभापति गुरुङ्ले आफु निर्वाचित भएपछि पहिलो काम भष्ट्रचार अन्त्यको हुने दावी गर्नु भयाे ।
जनताको रगत र पसिना चुसेर हिड्ने जनप्रतिनिधिलाई बहिस्कार गर्नुपर्ने बताउदै उपसभापति गुरुङ्ले विगतमा भोट हालेर पठाएका जनप्रतिनिधिको समिक्षा गर्नुपर्ने बेला आएको बताउनु भयाे । मुलुकमा भष्ट्रचार रोक्न सके बिदेश पलायन देखी भुपडीमा बसेका जनताले सामान्य औषधी सिटामोल खानलाई समस्या नहुने बताउनु भयाे । जनताको घरदैलोमा पहिलो पटक भोट माग्न आएको बताउदै उपसभापति गुरुङ्ले समग्र स्याङ्जाको विकास गर्न एकपटक नेपाली काँग्रेसलाई बिजयी गराउन मतदाता सगँ आग्रह गर्नु भयाे ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा प्रदेश (क) उम्मेदवार भोजराज अर्यालले जनताका ठुला समस्या भन्दा साना समस्यामा जोड दिनुपर्ने बेला आएको बताउनु भयाे । यो प्रदेशको सुन्दरताको पहिचान गर्दै यहाँको जनताको गरीबी हटाउन नेपाली काँग्रेसलाई मतदान गर्न अनुरोध गर्नु भयाे । आफु ढाटेर भोट नमाग्ने बताउदै अर्यालले यो प्रदेशको विकासका लागि सदैव लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयाे ।
संघिय निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश (क) को संयुक्त चुनावीसभा र घरदैलो कार्यक्रम आजबाट शुरु गरिएको छ । वालिङ १२ र १३ नम्वर जनतालाई साची राखेर नेपाली काँग्रेसले यो अभियानलाई अगाडी बढाएको नेपाली काँग्रेसले जनाएको छ ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


