काँग्रेसका मेखलाल श्रेष्ठले लिए उमेद्वारी फिर्ता, को को लिए फिर्ता ? बिबरण सहित ।
स्याङजा, असोज २६ गते ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि स्याङ्जा १ (क) बाट उमेद्वारी दिनु भएका मेखलाल श्रेष्ठले उमेद्वारी फिर्ता लिनु भएको छ । नेपाली काँग्रेसको तर्फबाट श्रेष्ठले उमेद्वारी दिनु भएको थियो ।
गठबन्धन अन्तर्गत सो क्षेत्र माओवादी केन्द्रलाई परेको थियो माओवादी केन्द्रको तर्फबाट अमृता थापा मगरले उमेद्वारी दिनु भएको थियो । लामो छलफल र सहमती पछि श्रेष्ठले उमेद्वारी फिर्ता दिएको सामाजिक सञ्चालन फेसबुक मार्फत जानकारी गराउनु भएको छ । तर निर्वाचन अधिकृतको कार्यालयका अनुशार काँग्रेस सभापति शेर बहादुर देउवाले मेखलाल श्रेष्ठको उमेद्वारी फिर्ता लिनका लागि पत्र पठाउनु भएको थियो । श्रेष्ठ हाल गण्डकी प्रदेशका मन्त्री समेत रहनु भएको छ ।
यता गठबन्धन अन्तर्गत नेकपा समाजवादीका लागि परेको वालिङ २ (क) मा भने नेपाली काँग्रेसका भोजराज अर्यालको उमेद्वारी कामयै रहेको छ । सो क्षेत्रमा समाजवादीका रामचन्द्र भट्टराई र काँग्रेसका अर्यालले उमेद्वारी दिनु भएको थियो ।
उता स्याङ्जा क्षेत्र नम्वर १ मा काँग्रेसको बिद्रोही उमेद्वारी दिनु भएका गोबिन्द बहादुर रानाभाट र नेकपा समाजवादीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उमेद्वारी दिनु भएका बिष्णु गिरीले पनि उमेद्वारी फिर्ता लिनु भएको छ । यस्तै स्वतन्त्र रुपमा उमेद्वारी दिएका अर्जुन पौडेल र मनोज नेपालीले पनि उमेद्वारी फिर्ता लिएकाछन् ।
यस्तै समाजवादीका तर्फबाट स्याङ्जा १ –ख) मा उमेद्वारी दिनु भएकी शर्मिला देवी पौडेलले पनि उमेद्वारी फिता लिनु भएको छ ।
यता क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका बिद्रोही उमेद्वार कपिलदेव न्यौपानेले पनि उमेद्वारी फिर्ता लिनु भएको छ । न्यौपाने एमालेका युवा नेता हुनुहुन्छ । तर्फबाट सो क्षेत्रमा सचिव पद्मा अर्याल प्रतिस्पर्धा गर्दै हुनु हुन्छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


