माओवादी र एस एउटै घोषणापत्रमा आगामी चुनाव लड्ने ।
काठमाण्डौ:
माओवादी र एकीकृत समाजवादीले आगामी निर्वाचन एउटै घोषणापत्रमा लड्ने भएका छन् । हात्तीवनस्थित एक घरमा माओवादी अध्यक्ष प्रचण्ड र एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा संघ र प्रदेश सभा सदस्यका लागि ४ मंसिरमा हुने निर्वाचन एउटै घोषणापत्रमा लड्ने सहमति भएको हो ।
छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एसका महासचिव बेदुराम भुसाल पनि सहभागी थिए । छलफलले दुई पार्टीबीच एकताका लागि संयोजन समिति बनाउने सहमतिसमेत गरेको नेताहरूले जनाएका छन् । बैठकपछि माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी निर्वाचन एउटै घोषणापत्र लिएर लड्ने सहमति भएको प्रतिक्रिया दिए ।
दुई पार्टीबीच एकताको गृहकार्य चलिरहेको छ । त्यसक्रममा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरिसकेको छ । माओवादी अध्यक्ष प्रचण्डले पनि हालै भएको स्थायी समिति बैठकमा एससँग पार्टी एकताको प्रक्रियाअघि बढिरहेको बताएका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


