वालिङका नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता
मणी प्रसाद अर्याल,
श्रावण २०,वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका घर घरमा नै पुगेर बृद्धभत्ता बितरण गर्न शुरु गरेको छ ।
नगरप्रमुख कृष्ण खाँण तथा उपप्रमुख कविता तिवारी गैह्रे सहितको टोली शुक्रबार वालिङ नगरपालिकाको वडा नंं १४ को विभिन्न टोल तथा घर–घरमा गएर बृद्धभत्ता बितरण गरेको हो । सामाजिक सुरक्षा भत्ता वितरण गर्दै नगरप्रमुख खाँणले बैँङ्कका भीड लागेर सामाजिक सुरक्षा भत्ता लिँदा नागरिकहरुले समस्या भोग्नुपरेको हुँदा घरदैलोमा नै आएर भत्ता वितरण गरेको बताउनुभयो ।
पछिल्लो समयमा कोभिड १९ को संक्रमण पनि बढिरहेको हुँदा संक्रमण जोखिम न्युनिकरणको लागि पनि घर दैलोमा नै आएर भत्ता वितरण गरिएको नगरप्रमुख खाँणले उल्लेख गर्नुभयो ।
उहाँले जेष्ठ नागरिकहरु बैँङ्कमा गएर लाइनमा बस्न नसक्ने,बँैङ्किङ क्षेत्रको भीडले कोभिड १९ लगायतका अन्य सरुवा रोगहरुको पनि जोखिम बढ्ने भएकाले घर आँगानमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिनुभयो ।

नगरप्रमुख खाँणले नगरबासीहरुको समस्यामा नगर सदैव साथमा रहेको बताउँदै नगरपालिका नागरिकको दैनिकीको सहयात्री बन्ने स्पष्ट पार्नुभयो ।
भत्ता वितरण गर्दै नगरउपप्रमुख कविता तिवारी गैह«ेले जनप्रतिनिधिहरु नागरिकका सेवक भएकाले समय हुँदासम्म नागरिकका सुख दुखमा सहभागी हुनुपर्ने बताउनुभयो ।
उहाँले जेष्ठ नागरिकहरुको आशिर्वाद सबैभन्दा ठूलो आशिर्वाद भएकोले घरदैलोमा नै पुगेर आशिर्वाद लिन पाउँदा आफु सन्तुष्ट रहेको उल्लेख गर्नुभयो ।
वालिङ नगरपालिका वडा नंं.१४ का विभिन्न टोलमा १ सय ५१ जना सेवाग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वालिङ १४ वडा अध्यक्ष बोधराज कुँवर राजुले जानकारी दिनुभयो । मेघा बैँङ्क लिमिटेड वालिङ शाखाको समन्वयमा गरिएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


