स्याङ्जा :भीरकोट सामान्य बिबादमा हानाहान हुँदा गयो भाई पर्नेको ज्यान ।
वालिङ, साउन ५ गते ।
स्याङ्जाको भीरकोटमा सामान्य बिबादका बिच हानाहान हुँदा एकजनाको ज्यान गएको छ ।। गए राती भीरकोट नगरपालिका वडा नम्वर ३ रिजुका ४५ बर्षका श्याम बहादुर रोकाको ज्यान गएको हो । सधै एकै ठाँउमा खाना खाने दुबै जना बीच बिबाद हुँदा दाजु पर्ने ५० बर्षका याम बहादुर रोकाको कुटाईबाट श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो ।
याम बहादुरले सामान्य भनाभन हुँदा धेकेलेर लडाएको र कुटेको प्रहरीको भनाई छ ।
घाईते श्याम बहादुरको उपचारका क्रममा कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा राती नै ज्यान गएको प्रहरीले जनाएको छ ।
आरोपित याम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको बताईएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


