नीति तथा कार्यक्रमको पूर्व सन्ध्यामा वालिङ नगरपालिकाद्वारा सुझाव संकलन
मणी अर्याल,
असार ७,वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले आ.व.२०७९/०८० को नीति तथा कार्यक्रमको विषयमा अन्तक्र्रिया सम्पन्न गरेको छ ।
मङ्गलबार नगरसभाहलमा आयोजित कार्यक्रममा आ.व.२०७९/०८० को नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुको सुझावहरु सङ्कलन गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले नागरिकहरुले उठाएका विषयमा नगरपालिकाले विशेष प्राथमिकताका साथ योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नागरिकहरुको रायबाट नै नगरको चौतर्फी विकास गर्न सकिने उल्लेख गर्दै टोल-टोलमा भएका समस्याहरुलाई जनप्रतिनिधिहरुमाझ जानकारी गराउन अनुरोध गर्नुभयो ।
नगर विकासमा समग्र नगरबासी र जनप्रतिनिधिबीचको समन्वय आवश्यक रहेको उल्लेख गर्दै नगरप्रमुख खाँणले समस्यालाई समाधान गर्न सबैले हातेमालो गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो ।
उहाँले सीमित बजेटको परिधिमा रहेर नागरिकका धेरै कामहरु गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकोले नगरको नीति तथा कार्यक्रममा नागरिकका आवश्यकतालाई समेट्ने प्रयास सदैव रहने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख कविता गैह्रेले नगरपालिको हरेक आर्थिक वर्षमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा महिला सशक्तिकरण,स्वरोजगार तथा न्यायिक पक्षलाई महत्वका साथ अवलम्बन गरिने बताउनुभयो ।
स्मार्ट नगरका स्मार्ट नागरिक बनाउने अभियानलाई सार्थक बनाउन आवश्यक कार्यक्रम, नीति तथा बजेटको व्यवस्था गरिने नगर उपप्रमुख गैह्रेको भनाई छ ।
वालिङ नगरपालिकाले आ.व.२०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।
नीति,कार्यक्रम तथा बजेट माथिको छलफल कार्यक्रममा नागरिकहरुले खानेपानी,ढल निकास,सडक स्तरोन्नती,फोहोरमैला व्यवस्थापन तथा स्वरोजगारका विषयमा सुझाव दिएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


