फेदीखोला गाउँपालिकामा एमालेका सुवेदी विजयी
स्याङ्जा, २ जेठ :
स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
सुवेदीले ३ हजार ३८६ मत प्राप्त गनुभएको छ भने उहाँको प्रति द्वन्दी नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई १५९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी हुनु भएको हो ।
एमालेकी देउकुमारी गुरुङले ३ हजार ९७८ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले २ हजार ३७९ मत प्राप्त गर्नुभएको छ ।
फेदीखोला गाउँपालिकामा १२ हजार १६५ जना मतदाता रहेकोमा ८ हजार १३९ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि घनश्याम सुवेदी गाउँपालिकाको अध्यक्षमा विजयी हुनु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


