काँग्रेसका उम्मेदवारमाथि एमालेले गर्यो ढुंगा प्रहार
भीरकोट :
चुनाव प्रचार प्रसारमा जाने क्रममा एमाले निकटका कार्यकर्ताले ढुंगा प्रहार गर्दा भीरकोट ८ मा काँग्रेसका उम्मेदवार घाईते भएका छन् ।
घाईते हुनेमा काँग्रेसको तर्फबाट वडा नं. ८ का अध्यक्षका उम्मेदवार नन्दलाल खनाल, दलित महिला सदस्य हुमकला नेपाली र घनबहादुर गुरुङ रहनुभएको छ ।
घाईतेमध्ये गुरुङलाई बढी चोट लागेको बताईएको छ । घाईतेहरुले वडा प्रहरी कार्यालय वालिङमा अभद्र ब्यवहारमा उजुरी दिएका छन् भने आरोपितहरुको खोजी कार्य भईरहेको छ ।
प्रत्यक्षदर्शीका अनुशार नेकपा एमालेका दल बहादुर गुरुङ र टिका गुरुङले आक्रमण गरेका हुन् । दल बहादुर नेपाली सेनामा कार्यरत रहेको र बिदामा घर आई एमालेको प्रचारप्रसारमा हिडेको भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
काँग्रेस कार्यकर्ता माथि भएको सांघातिक आक्रमणको भ्रत्सर्ना गर्दै भीरकोट काँग्रेसका सभापति याम प्रसाद अधिकारी लक्षमणले चुनावमा एमालेलाई जनताले नै पाठ सिकाई दिने बताउनु भयो । काँग्रेसको जित सुनिश्चित देखेर एमाले कार्यकर्ता आक्रमणमा नै उत्रिएको उहाको दावी छ ।
यसैबची तरुणदल भीरकोटले पनि घटनाको बिरोध गरेको छ । तरुणदल नगरसभापति राजकुमार गुरुङले प्रेस बिज्ञप्ती निकाल्दै घटनाको बिरोध गर्नु भएको हो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


